साजिर मन्सूर 

कलैया,पुष ९

मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले केन्द्रमै सीमित स्रोत र सुविधाका कारण प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमहरू विभिन्न समस्यामा परेको उल्लेख गर्दै पत्रकारको क्षमता अभिवृद्धि, सुरक्षा, तालिम तथा प्रविधिमा पहुँच सुनिश्चित गर्न संघीय संरचनाअनुसार अधिकार र स्रोत प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुन आवश्यक रहेको बताएका छन ।

 

कलैयामा आयोजित मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा “सञ्चार माध्यमको अवस्था र चुनौती” विषयक एकदिवसीय गोष्ठी लाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सोनलले यस्तो बताएका हुन ।

सोनलले स्वतन्त्र, उत्तरदायी र सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूको पेशागत हकहित संरक्षण र आर्थिक तथा संरचनागत सशक्तीकरणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले सम्बिधानलाई सहि ट्र्याकमा ल्याउन तोकिएको समयमा नै प्रतिनिधि सभा सदस्य पदको चुनाव गराउनै पर्ने बताएका छन   उनले चुनावलाई भयरहित बाताबरणमा सम्पन्न गराउने दायित्व सरकारको भएकोले त्यो सरकारले गम्भीर भएर हेर्नुपर्नेमा जोड दिदै पत्रकारहरुले चुनावका लागि बाताबरण बनाउने किसिमको सुचना सम्प्रेषण गर्नमा कन्जुस्याइँ नगर्न आग्रह गरे ।

गोष्ठीमा मधेस प्रदेशमा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमले भोग्दै आएका समस्या र सुधारका सम्भावनाबारे छलफल गरेर आएको कुरालाई सम्बोधन गर्न आफुले पुर्ण पहल गर्ने प्रतिबद्धता जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर