साजिर मन्सूर 

कलैया,पौष ९

कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले बारा जिल्लाको संगठन विस्तार गर्दै युवा तथा सामाजिक अभियन्ता सौरभ चौगाईंलाई जिल्ला संयोजकमा नियुक्त गरेको छ।

पार्टीको केन्द्रीय निर्णयअनुसार चौगाईंलाई बारा जिल्लामा पार्टी संगठन मजबुत बनाउने, युवालाई राजनीतिक अभियानमा जोड्ने तथा सामाजिक रूपान्तरणका कार्यक्रम अघि बढाउने जिम्मेवारी दिइएको जनाइएको छ। लामो समयदेखि सामाजिक सेवा, युवासशक्तीकरण तथा नागरिक सचेतनाका क्षेत्रमा सक्रिय रहँदै आएका चौगाईंको नियुक्तिलाई पार्टीले सकारात्मक सन्देशका रूपमा लिएको छ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै जिल्ला संयोजक चौगाईंले उज्यालो नेपाल पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र विकासको एजेन्डालाई बारा जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउनेमा प्रतिबद्धता व्यक्त गरेका छन। उनले युवाहरूको सहभागिता बढाउँदै पार्टीलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।

पार्टी नेतृत्वले चौगाईंको अनुभव, सक्रियता र सामाजिक योगदानका कारण बारा जिल्लामा पार्टी संगठन थप सशक्त हुने विश्वास व्यक्त गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर