साजिर मन्सूर
कलैया, पुस ११
पाँचौँ राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प्रादेशिक कलैया अस्पतालमा उपचाररत बिरामीहरूलाई लक्षित गर्दै कम्बल तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज आयोजित कलैया उपमहानगरपालिका द्वारा गरिएको उक्त कार्यक्रममा जेष्ठ नागरिक, असहाय तथा आर्थिक रूपमा कमजोर बिरामीहरूलाई न्यानो कम्बल र पौष्टिक फलफूल वितरण गरिएको थियो । उप मेयर रौशन प्रविणले जाडो मौसमका कारण बिरामीहरूलाई थप राहत पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताईन ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जेष्ठ नागरिकहरूको सम्मान, सेवा र संरक्षण राज्य तथा समाजको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता मानवीय तथा सहयोगी कार्यक्रमले सामाजिक सद्भाव बढाउने बताए । अस्पतालमा उपचाररत बिरामीहरूले समेत सहयोगप्रति आभार व्यक्त गरेका छन ।
स्थानीय समाजसेवी, अस्पताल प्रशासन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले जेष्ठ नागरिक दिवसलाई व्यवहारिक रूपमा अर्थपूर्ण बनाएको सहभागीहरूको भनाइ रहेको छ ।







