साजिर मन्सूर
कलैया,पौष १४
ग्रामीण उत्थान अभियान संस्था द्वारा स्थापित निशुल्क कपडा बैंकको आयोजनामा जिल्ला सदरमुकाम कलैयाको भरत चौक क्षेत्रमा असहाय, विपन्न तथा गरिब समुदायलाई कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
चिसो बढ्दै गइरहेको समयमा सडकमा आश्रित, मजदुर, वृद्ध–वृद्धा तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी न्यानो कपडा, ज्याकेट, स्वेटर, पाइन्ट,सर्ट, तथा बालबालिकाका कपडा वितरण गरिएको बैंकका संरक्षक साजिर मन्सूरले जनाएका छन।
कार्यक्रममा बोल्दै निशुल्क कपडा बैंकका अध्यक्ष मोकद्दम अन्सारीले समाजमा रहेका सम्पन्न व्यक्तिहरूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडा सहयोग गरेमा गरिब तथा असहायका लागि ठूलो राहत हुने बताएका छन्। उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले आज सम्म हामिलाई सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिए ।
कपडा वितरण कार्यक्रममा स्थानीय युवाहरू, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि लाभग्राहीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले चिसो मौसममा ठूलो सहारा मिलेको बताएका छन्।
निशुल्क कपडा बैंकले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजका कमजोर वर्गको जीवन सहज बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। सो अवसरमा कलैया उपमहानगरपालिका,समुदाय प्रहरी साझेदारी कार्यक्रम,ग्रामीण उत्थान अभियानको अध्यक्ष माधुरी गिरि,समृद्ध अभियानको अध्यक्ष लिला चौधरी,कलैया ज्ञान बाटिका बोर्डिङ स्कुल परिवारका तर्फबाट प्रधानाध्यापक बिरेन्द्र चौधरी,दिलिप यादव,साजन चौधरी,अखलेश यादव,सिताराम पटेल,रनिता शर्मा,निशा केशरी,मङ्गिता राम,अङ्गुरी प्रविण,अन्जली पटेल,गङ्गा चौधरी,माधुरी गिरि,ले बितरणमा सहयोग गरेका छन ।
आज अन्दाजी २ हजार बढी कपडा बितरण गरिने निशुल्क कपडा बैंकले जनाएको छ ।
यो अभियानमा सहयोग गर्ने संस्थाहरु टेवा धापाखेल ललितपुर,पोषाक ईम्पोरियम,लायन्स क्लब अफ कलैया सिटि,ओम शान्ती कलैया,डा. कमरुलहक अस्पताल कलैया,समृद्ध अभियान कलैया,बिश्वास एफएम कलैया,सहित अन्य गोप्यदाताहरु रहेका छन । अध्यक्ष अन्सारीले यस्तो शितलहरका बेला हामिलाई सहयोग गर्न आग्रह गरेका छन ।







