साजिर मन्सूर 

कलैया,पौष १५

बारा जिल्लाको प्रतिष्ठित एवम जेठो शैक्षिक संस्था रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस, कलैया–बाराको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिनोद साहले क्याम्पसको शैक्षिक उपलब्धि, भविष्यका योजना तथा गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउने विषयमा आवस्यक सहयोग गर्ने बताएका छन । साहले कलैया बिरगंज बाटोमा हुलाक देखि क्यामप्स सम्म बिद्यार्थी आवतजावत गर्न एक करोड लागतमा खौराही बाटो पिच गर्ने योजना अगाडि बढाईएको भन्दै बाटोमा पर्ने पुरानो शौचालय हटाउन लाई नया सौचालय बनाईदिएको बताए । उनले नया सौचालय बनाए पनि हाल सम्म पुरानो नहटाउदा बाटो रोकिएको तर्फ क्याम्पसको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले रामराजा बहुमुखी क्याम्पसले मधेस क्षेत्रको उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै, अभिभावक र क्याम्पसबीचको सहकार्यले मात्र शैक्षिक गुणस्तर अझ उचाइमा पुग्ने धारणा राखे।

समारोहको अवसरमा क्याम्पसको विकास, शैक्षिक सुधार तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। चिसो मौसमका बाबजुद पनि उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रमले क्याम्पस परिवार र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

 

सो अवसरमा प्रत्येक बर्ष बार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न खेलकुद प्रतियोगिताका बिजयी बिद्यार्थी खेलाडीहरुलाई मेडल प्रमाणपत्र बितरण गरिएको थियो ।

क्याम्पसको हाल सम्मको प्रगतिका अवस्था सङ्गै बर्तमान मा आवस्यक सन्काय थप का बिषयमा क्याम्पस प्रमुख निबेश तिमिल्सिनाले जानकारी गराएका थिए ।

सन्चालक समिति अध्यक्ष जङ्गबहादुर यादवको अध्यक्षतामा कलैया ५ स्थित क्याम्पस परिसरमा आयोजित कार्यक्रममा क्याम्पसका पूर्व तथा वर्तमान सन्चालक समिती सदस्य, शिक्षक, कर्मचारी, नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,अभिभावकहरु,विद्यार्थी, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्याम्पस का संचालक समिती उपाध्यक्ष एम समिउल्लाहले स्वागत गरेको कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख अमित मिश्राले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर