बारा, १७ पुष ।
प्रेस जनमत संघ बारा शाखाका सचिव चन्देश्वर प्रसाद चौरसिया ‘राजु’माथि योजनाबद्ध रूपमा कुटपिट भएको छ ।
देवताल गाउँपालिका–२ स्थित सार्वजनिक स्थानमा समाचार संकलनका क्रममा रहेका चौरसियामाथि केही व्यक्तिहरूले अचानक आक्रमण गर्दा उहाँ गम्भीर रूपमा घाइते हुनुभएको घाईते चौरसियाले जनाएका छन । आक्रमणबाट उहाँको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै आँखामा समेत गम्भीर समस्या देखिएको छ। यो घटना प्रती दुख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले दुख व्यक्त गर्दै तत्काल दोशिलाई पक्राउ गर्न र छानबिन गरि कार्वाहिका लागि माग गरेका छन । पास्वानले घटनाको खबर पाए लगत्तै बारा प्रहरी प्रमुखलाई फोन गरि घटना बारे जानकारी लिदै आवस्यक कदम चाल्न आग्रह गरेका छन ।
यता प्रेस जनमत संघले पत्रकारमाथि भएको यस प्रकारको आपराधिक आक्रमणप्रति तीव्र भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारहरूको पेशागत सुरक्षाको सुनिश्चितता गर्दै स्वतन्त्र, निर्भीक र सुरक्षित रूपमा पत्रकारिता गर्न पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
संघले लोकतन्त्रको चौथो अंगका रूपमा रहेका सञ्चारकर्मीमाथि हुने यस्ता आक्रमणले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती थपिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नका लागि राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेको छ।







