कलैया ।जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको एक हस्पिटल मा तोडफोड भएको छ ।
वीरगञ्ज लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेका छन् । साथै ऊनीहरु ले इमर्जेन्सी कक्षमा समेत पसेर साइनबोर्ड पनि फालिदिएको अस्पताल प्रशासन ले जनाएको छ ।
प्रदशर्नकारीको आक्रमणबाट एक चिकित्सक र नर्सलाई चोट लागेको अस्पतालले जनाएको छ । तोडफोडका क्रममा सीसाले लागेर एक बिरामी कुरुवा समेत घाइते भएकी छन् ।
आइतबार बिहान १० बजे तिर ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि अस्पताल लगिएको थियो । ऊनी पहिले देखि नै मुुटु रोगबाट ग्रसित थिए । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको अस्पतालका निर्देशक रामराज श्रेष्ठ ले बताउनु भयो । अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए ।
यता दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेको दावी गर्दै १ बजेतिर उनलाई अस्पतालमा लगेर आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गरेका थिए ।
अस्पताल मा पुण ल्याए पछी ईसीजी लगायत जाँच गरेर हेर्दा शरीरमा प्राण नरहेको र नुहाउने क्रममा यताउता चलाउँदा चलेको जस्तो हुन सक्ने अस्पताल का निर्देशक श्रेष्ठले बताउनु भयो ।
यता प्रदर्शन मा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० बस्ने राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।