साजिर मन्सूर 

कलैया, पौष १८

कलैया उपमहानगरपालिकामा करिब ४ वर्ष ४ महिना प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहनु भएका नाथु साहको सम्मानमा विदाइ तथा फेरी भेटौला कार्यक्रम श्री ३ चन्द्र माबीको पवन हलमा सम्पन्न भएको छ।

 

कार्यक्रममा मेयर बिनोद साहले आफ्नो कार्यकालमा प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता वृद्धि, सुशासन प्रवर्द्धन तथा विकास निर्माणका कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। मेयर साहले कलैयामा रहेर प्रमुख प्रशासकिय अधिकृत साहले कलैयाको समग्र बिकासमा महत्वपूर्ण र अबिस्मरणिय योगदान दिएको भन्दै प्रसंशा गरे ।

मेयर साहले नाथु साहलाई इमान्दारिता, कार्यकुशलता र नेतृत्व क्षमताको उचित मूल्यांकनस्वरूप भएको यो बढुवाका लागि भएको सरुवा बताए ।

साहले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सुशासनको अभ्यासमा देखाएको प्रतिबद्धताले उनलाई कलैयाका जनताले सदैव सम्झिरहने बताए । मेयर साहले सार्वजनिक प्रशासनमा अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीको उदाहरण प्रस्तुत गर्नुभएको असल रास्ट्रसेवकको छवि बनाएका नाथु साहको अझ सफलताको कामना गर्दै छिट्टै बढुवा होस भनेर कामना गरेका छन ।

 

यता उप मेयर रौशन प्रविणले सीमित स्रोत–साधनका बाबजुद पनि उत्कृष्ट व्यवस्थापन क्षमता देखाउँदै संस्थागत सुधारमा पुर्‍याएको योगदानले उनलाई र पालिकालाई यो उचाइ दिलाएको बताईन । जिम्मेवारीप्रति निष्ठा, निर्णय क्षमतामा दृढता र सेवाग्राहीमैत्री सोचका कारण साह सबैको प्रीय बनेको बताईन ।

नाथु साहले स्थानीय तहको प्रशासनिक सुधार र विकास निर्माणका कार्यमा देखाएको सक्रियता तथा समर्पणको उचित कदरका रूपमा यो भब्य सम्मान सहित बिदाई गरिएको प्रविणले बताईन ।

 

विदाइ मन्तव्यमा प्रमुख प्रशासकीय अधिकृत उप सचिव साहले कलैया उपमहानगरपालिकामा कार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै सहकार्य, सहयोग र सद्भावका लागि जनप्रतिनिधि तथा कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले जहाँ रहे पनि कलैयाको समग्र विकास र प्रगतिप्रति सदैव शुभेच्छा रहने बताउनुभयो। उनले जतिसुकै गरेपनि देशको विभिन्न भागमा कर्मचारीले सेवा गर्नुपर्ने भएकाले यसलाई सहज रुपमा लिनुपर्ने बताए । उनले भावुक भएर कलैयाको माया जहिले पनि रहिरहने उल्लेख गरे ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले नाथु साहको उत्तरोत्तर प्रगति तथा आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सम्मानसहित विदाइ गरेका थिए।

कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिका, कलैया–बाराले गरेको हो।

सो अवसरमा शिक्षा शाखा प्रमुख राजीव यादवले साहको प्रसंशा गर्दै नाथु साह हरेक तहको कर्मचारीलाई मानविय ब्यवहार गर्ने कुराले आफू अत्यन्तै प्रभावित भएको बताए । उनले साहको अझ प्रगतिको कामना गरे ।

प्रमुख प्रशासकिय अधिकृत उप सचिव नाथु साहको भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा सरुवा भएको हो ।

 

कार्यक्रममा उपमहानगरपालिकाका मेयर बिनोद साह,उप मेयर रौशन प्रविण,सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी,शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,अन्य सन्चारकर्मी तथा सरोकारवालाहरू गरि ५ सय बढिको सहभागिता रहेको थियो।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर