कलैया, पौष १९

प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा (एमाले) बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि आन्तरिक मतदान गरिएको छ।

क्षेत्रीय कमिटीको बैठकमा भएको मतदानमा कुल ६४ जना मतदाताले सहभागिता जनाएका थिए। मतदान परिणाम अनुसार जिल्ला अध्यक्ष समेत रहेका अध्यनन्द पाण्डेले सबैभन्दा धेरै ४६ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन्। एम समिउल्लाहले ३७ मत र सीमा ठकुरीले ३६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, निवर्तमान सांसद ज्वाला साहले जम्मा ४ मत मात्रै प्राप्त गरेका छन्। सीता सुवेदीले १ मत प्राप्त गर्दा टिना सुवेदीले कुनै पनि मत प्राप्त गर्न सकिननन्।

सहमतिको प्रयास असफल भएपछि लोकतान्त्रिक विधिअनुसार मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरिएको नेताहरूले बताएका छन्। मतदान परिणामलाई केन्द्रीय कमिटीमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने जनाइएको छ।

एमाले बारा–३ भित्र उम्मेदवार चयनको विषयलाई लिएर लामो समयदेखि आन्तरिक छलफल हुँदै आएको थियो। मतदानपछि पार्टी भित्रको विवाद समाधान हुने नेताहरूको विश्वास छ।

यता निबर्तमान सान्सद तथा पुर्व मन्त्री ज्वाला साहले बैठक भित्र गुन्डागर्दी शैलिमा माओवादीबाट आएकालाई छान्नु हुन्न भन्दै होहल्ला गरेपछी आफू बैठकबाट निस्केर गएपछी तानाशाही तवरले सिफारिस गरिएको बताएकी छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर