बिश्वास सम्बादाता

गन्जभवानिपुर,पौष १९

साना किसान कृषि सहकारी संस्था लि.गन्जभवानीपुर  वाराको १४ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ ।

शनिबार  वाराको गन्जभवानीपुर बजारको नयाँ तरकारी बजार  प्राङ्गणमा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वारा जिल्ला सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले प्रमुख अतिथिको आसनबाट बोल्दै साना किसान कृषि सहकारी संस्था लि. ले महिला सशक्तीकरणमा खेलेको भुमिकाको खोलेर प्रसंशा गर्नु भयो । उनले मधेसी महिला पहिला पहिला सार्वजनिक कार्यक्रममा जान र बोल्न हिच्काचाउने गर्ने गर्थे तर यो साना किसान कृषि सहकारी संस्थाले गर्दा महिलाहरू खुलेर स्वम मंचमा डटेर कुरा राख्नु र सामाजिक अभियानमा समेत खुलेर कुरा राख्नु अति सरहानिय रहेको समेत जिकिर गरे । उनले महिलाहरूलाई अझ एककदम अगाडि बढेर आर्थिक , सामाजिक र नेतृत्व बिकासमा सक्रिय हुन आग्रह गर्दै उज्ज्वल भबिस्यको कामना सहित शुभकामना व्यक्त गर्दै संस्थाको उतोरत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा संस्थाको अध्यक्षको प्रतिबेदन साना किसान कृषि सहकारी संस्था लि. गन्जभवानीपुरका अध्यक्ष महमद कमल हुसेनले प्रस्तुत गरे भने  , लेखा समितिको प्रतिबेदन लेखा समिति संयोजक सिमा कुमारी जयस्वालले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिइन् । यस्तै प्रबन्धकको प्रतिबेदन संस्थाका प्रबन्धक निशा कुमारी साहले  प्रस्तुत गरे ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ वाराका सचीव  रामएकबाल प्रसाद चौधरी  , साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा , नगर उधोग वाणिज्य सघ गन्जभवानीपुरका अध्यक्ष रुस्तम अन्सारी  साना किसान कृषि सहकारी संस्था लि. प्रसौनीका अध्यक्ष रूना देवी कलवार  लगाएतकाले संस्थाको उन्नति प्रगतिका शुभकामना व्यक्त गरेका थिए ।

साना किसान कृषि सहकारी संस्था लि. महागढीमाई नगरपालिका  वाड ३ गन्जभवानीपुरका  अध्यक्ष कमल हुसेनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संचारकर्मी अनिल गौरवले  गरेका थिए । कार्यक्रममा ६ सय ६१ शेयर सदस्य रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर