साजिर मन्सूर

कलैया,पौष २४

जन जागरण युवा क्लब (JJYC), बाराले आफ्नो ८औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै अमृता अनाथ आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ।

अमृता अनाथ आश्रम, कलैयामा आयोजित कार्यक्रममा आश्रममा आश्रित बालबालिकालाई दैनिक उपभोग्य खाद्यान्न सामग्री तथा जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको संस्थाका उपाध्यक्ष राजदेव साहले जनाए। कार्यक्रममार्फत समाजका विपन्न तथा असहाय बालबालिकाप्रति सहयोग र सद्भावको सन्देश प्रवाह गरिएको  उपाध्यक्ष साहले जनाए ।

क्लबका कोषाध्यक्ष सियाराम यादवले स्थापना कालदेखि नै जनचेतना, सामाजिक सेवा तथा युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने यादवले प्रतिबद्धता व्यक्त गरेका छन। यादवले यो बर्षको बार्षिक उत्सव अनाथ बालबालिकाका साथ मनाउने योजना अनुसार यहि केक काटेर मनाईरहेको बताए ।

कार्यक्रममा क्लबका सदस्यहरू, स्थानीय समाजसेवी तथा आश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले जन जागरण युवा क्लबको यस मानवीय कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

 

आश्रमको सन्चालिका फुलमती बस्नेतले यो सहयोगका लागि सहयोगी संस्थालाई धन्यवाद दिईन । उनले आफू बारामा २०५८ सालमा यो जिल्लामा आउदा भिख मागेका बालबालिकालाई देखेर माया लागेर यो अनाथ आश्रम शुरु गरेर निरन्तर समाज कर्ममा लागेको बताईन । बस्नेतले हाल आश्रममा १७ जना बालबालिका रहेको बताईन ।

कार्यक्रममा वरिष्ठ कार्यक्रम सन्योजक कृष्ण प्रसाद यादव,शिक्षा परियोजना अधिकृत राजनारायण राम,शिक्षा अधिकृत निशा पन्त,रेणु कुमारी,टिबेट परियोजना अधिकृत गौरीशंकर यादव,अभिषेक सिंह,लेखा अधिकृत ममता कापर लगायतका ५० बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका पदाधिकारीहरुले केक काटेर बार्षिकोत्सव मनाएका छन ।

संस्थाका कार्यकारी निर्देशक डा.श्रीनिवास बैठाले स्वागत गरेको कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक नरेश साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर