
कलैया । बारा सदरमुकाम कलैया स्थित श्री सिदेस्वर खेल परिशरमा भैरहेको प्रथम स्वर्गीय भदैइ स्मृति नक आउट कृकेट प्रतियोगिता अन्तरगत आज भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक भदै ११ शितलपुरलाई ६ रनको झिनो अन्तरले पराजित गरि फाईनलमा प्रबेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गर्दै भदै ११ ले १४ ओभरमा अल आउट भएर ६९ रन मात्र बनाउन सक्यो ।भदै ११ का लागि सन्तोश कार्किले १५ र जट्टाशन्कर सरार्फले ११ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्सन गर्न सकेका थिएनन । बलिङ्गमा शितलपुरका लागि अलजारी हवारिले ३ बिकेट र रोशन गुप्ताले २ बिकेट लिएका थिए ।
यता जवाफी ब्याटिङ्ग्मा उत्रेको शितलपुर १९.१ ओभरमा अल आउट भएर ६३ रनमा नै अल आउट हुँदै आजको खेल गुमाउन पुगि फाईनलमा जानबाट चुक्यो । शितलपुरका लागि कैशर अन्सारीले १३ र राजकिशोर साहले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेका कारण शितलपुर झिनो रन अन्तरले खेल गुमाउन पुगेको हो । आजको खेलको म्यान अफ द म्याच आयोजक भदै ११ का क्यापटेन कुमार थापा चुनिए ।
प्रतियोगिताको अन्तिम अर्थात फाईनल खेल बेनौली र भदै ११ बिच मंगलबार हुने प्रतियोगिता ब्यवस्थापक सुदिप चौधरीले बताउनुभयो ।
प्रतियोगिताको बिजेताले नगद रु ३० हजार सङ्गै ट्रफी मेडल र प्रमाणपत्र त्यस्तै दोश्रो हुने क्लबले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका टाईटल एस्पोन्सर तथा काङ्ग्रेस बाराका युवा नेता दिपेन्द्र पटेलले जानकारी गराउनुभयो ।