प्रसौनी, बारा ।

नेसनल प्याब्सनको २८ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय T–20 क्रिकेट टुर्नामेन्ट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले गर्नुभयो।

कार्यक्रममा कार्यक्रम संयोजक सुनिल प्रसाद गुप्ता रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष रेनु देवी, JPS केन्द्रीय सदस्यहरू रामबाबु प्रसाद कुशवाहा र भरत बहादुर मल्ल सहभागी हुनु भएको थियो। साथै अतिथिहरूमा बिनोद मणि महतो, मार्क डिक्यूज, राजकिशोर साह, श्रीनारायण साह, नरेश प्रसाद यादव, कमलेश प्रसाद कुशवाहा, रूपेन्द्र प्रसाद कुशवाहा, रामनरेश जयसवाल, शिवशंकर प्रसाद कुशवाहा, रामबिनेस बैठा लगायतको उपस्थिति रहेको थियो।

त्यस अवसरमा जिल्ला अध्यक्ष प्रभुलाल कुश्वाहाले सदस्य विद्यालयका संस्थापक, निर्देशक, प्रिन्सिपल, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरेका थिए। कुश्वाहाले प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदमार्फत अनुशासन, भाइचारा र नेतृत्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

आज भएको उद्घाटन खेलमा JPS र मन्कामना विद्यालय भिड्दा टस जितेर पहिले ब्याटिङ गरेको मनकामनाले १२ ओभरमा ४ विकेटको क्षतिमा १०१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याएको JPS ले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमै ३ विकेट गुमाउँदै १०६ रन बनाउँदै सहज जित हात पार्‍यो।

 प्रतियोगिताको कार्यक्रम सञ्चालन अजीज आलम अंसारीले गर्नु भएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर