साजिर मन्सूर

काठमाडौँ,पौष ३०

नेपाली काङ्ग्रेसका सह–महामन्त्री फर्मुल्लाह मन्सूरले दोस्रो बिशेष महाधिवेशनमा पार्टीको उपसभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर मन्सूरले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्सूरले पार्टीलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने लक्ष्यसहित उपसभापति पदमा उम्मेदवारी दिएको बताए। संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको मजबुती, समावेशिता र युवाको सक्रिय सहभागिता आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।

मन्सूर नेपाली काङ्ग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्। सह–महामन्त्रीका रूपमा पार्टी संगठन विस्तार, नीति निर्माण र निर्वाचन व्यवस्थापनमा उनले भूमिका निर्वाह गर्दै आएका छन्। बिपि कोईरालाको हातबाट भारतमा गएर सदस्यता लिएका उनी २०५६ सालमा बारा ४ बाट सान्सद भएका उनी २०७० सालमा बारा ३ बाट निर्वाचित भएका थिए । २ पल्ट मन्त्री भएका उनी पार्टीमा सालिन तथा लोकप्रिय नेताका रुपमा परिचित छन । उनको उम्मेदवारीले पार्टीभित्र उत्साह थपिएको काङ्ग्रेस नेता मधेस प्रदेश उप सभापती चन्द्र शेखर यादवले जनाए ।

नेपाली काङ्ग्रेसको आगामी कार्यसमिती का लागि महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। उपसभापति पदमा गगन थापा,महामन्त्री मा विश्व प्रकाश शर्मा र प्रदिप पौडेलको उम्मेदवारी परिसकेको छ ।

श्रोत-रातोपाटी

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर