शिल्पा कुश्वाहा

बारा,माघ ६

 नेपाली काङ्ग्रेसका केन्द्रिय सह–महामन्त्री फर्मुल्लाह मन्सूरले बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट हजारौँ समर्थक तथा सहयोगीहरूको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समयअनुसार दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै मन्सूरले लोकतन्त्र, समावेशिता र विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए। उम्मेदवारी दर्ता कार्यक्रममा काङ्ग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, युवाहरू तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्सूरले बारा–३ लाई विकास, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “यस निर्वाचनमा जनताले परिवर्तन र स्थायित्वको पक्षमा मत दिनेमा म विश्वस्त छु।”

उम्मेदवारी दर्ता कार्यक्रम शान्तिपूर्ण तर उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। समर्थकहरूले पार्टीका झण्डा, नारा र बाजागाजासहित मन्सूरलाई भव्य स्वागत गरेका थिए।

सो अवसरमा काङ्ग्रेसका समानुपातिक उम्मेदवार प्रीयन्का दास,राजेन्द्र जयस्वाल,केन्द्रिय सदस्य मधु शाही ठकुरी,रामानन्द प्रसाद यादव,छेत्रीय सभापति प्रभात चौरसिया सहित हजारौं नेता कार्यकर्ता को उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर