बिश्वास डेस्क

बारा,माघ १५

महागढीमाई नगरपालिका–२ स्थित बरैयाटोलमा बेरोजगार युवायुवती तथा स्थानीयलाई स्वलम्बी र स्वरोजगारमुखी बनाउने उद्देश्यले च्याउ खेती तालिम सम्पन्न भएको छ।

ग्रामीण सामुदायिक अध्ययन केन्द्र, महागढीमाई–२ बारा (बरैयाटोल) को आयोजनामा सम्पन्न तालिम कार्यक्रम नरेश कुमार चौरसियाको अध्यक्षतामा सञ्चालन गरिएको हो। तालिममा स्थानीय ५० जना सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार भैयाराम यादव, बडा बाबु महतो, पिन्टु मिश्रा, बबिता यादवलगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रम का प्रमुख अतिथी भैयाराम यादवले च्याउ खेती कम लगानीमा राम्रो आम्दानी दिन सक्ने व्यावसायिक सम्भावना भएको कृषि पेशा भएको बताउँदै सहभागीहरूलाई तालिमलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले आफू ले यस्ता हजारौ तालिम दिएर यस जिल्लाका अधिकान्स नागरिकलाई उधमशिल बनाएको र चुनाव जिते अझ सबलाई रोजगार बनाउने कार्य गर्ने बताए ।

तालिम सफल बनाउन सिम्रन गिरी, रिन्की देवी, रानी चौरसिया र सञ्जु ठाकुरले सहयोग पुर्‍याएका थिए। तालिमका प्रशिक्षकहरू सिकिन्द्र साह, सीमा देवी र सञ्जिता देवीले च्याउ उत्पादनका प्रविधि, बजार सम्भावना तथा व्यवस्थापनका विषयमा व्यावहारिक जानकारी प्रदान गरेका थिए।

कार्यक्रमको सामाजिक परिचालनको जिम्मेवारी अनु चौरसियाले निर्वाह गरेकी थिइन्। आयोजक संस्थाले यस्ता सीपमूलक तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।

तालिमले स्थानीय बेरोजगारहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनतर्फ उन्मुख गराउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर