साजिर मन्सूर

कलैया/जनकपुरधाम,माघ १६

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जितमुखी रणनीति तय गर्न डाकेको विशेष बैठक शुरु भएको छ।मधेस  प्रदेश पार्टी कार्यालयमा शुरु बैठकमा प्रदेश कार्यसमिति पदाधिकारी, प्रतिनिधि सभा सदस्य तथा उम्मेदवारहरूको उल्लेख्य सहभागिता रहेको छ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापाको उपस्थितिले कार्यकर्ता र नेताहरूमा थप उत्साह थपिएको देखिएको छ । सभापति थापाले लोकतन्त्र, समावेशिता र संविधानको रक्षा नेपाली कांग्रेसको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै मधेश प्रदेशबाट निर्णायक जनसमर्थन जुटाउन सफल भएको तथा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर मैदानमा उत्रन आह्वान गर्नुभएको छ।

कार्यक्रममा प्रदेशका वर्तमान राजनीतिक अवस्था, विपक्षी दलहरूको गतिविधि, घरदैलो अभियान, मतदाता शिक्षादेखि लिएर संगठनात्मक कमजोरी सुधारबारे गम्भीर छलफल भैरहेको प्रदेश उप सभापति चन्द्रशेखर यादवले जनाएका छन ।

विशेष गरी प्रतिनिधि सभा सदस्य तथा उम्मेदवारहरूले आफ्ना क्षेत्रगत अनुभव साझा गर्दै चुनावी अभियानलाई अझ प्रभावकारी बनाउने बिशयमा सुझाव दिईरहेका छन।

बैठकमा मधेश प्रदेश कार्यसमितिले “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” को मूल मर्मलाई आत्मसात गर्दै जनतामाझ कांग्रेसको नीति, एजेन्डा र उपलब्धि पुर्‍याउने स्पष्ट कार्ययोजना तय गरेको जनाइएको छ। आगामी दिनमा वडा–वडा र टोल–टोलमा पुगेर जनसम्पर्क अभियान तीव्र बनाइने निर्णय पनि हुने जनाईएको छ ।

नेताहरूले मधेश प्रदेशमा देखिएका बेरोजगारी, महँगी, कृषि समस्या र विकासका सवालमा कांग्रेससँग स्पष्ट समाधान रहेको बताउँदै, आगामी निर्वाचनमा मधेशबाट कांग्रेसलाई बलियो जनादेश दिलाउने विश्वास व्यक्त गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर