कलैया । सुवर्ण गाउँपाकिास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवहीजगतमा कक्षा ११ र १२ मा लाग्ने शुल्क सत प्रतिशत मिनाह गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले यस अघि लिदैँ आएको सम्पूर्ण शुल्क मिनाह गरिने बताउनुभयो । यस निर्णयसँगै कवहीजगतको स्कूलमा शिक्षा पूर्ण रुपमा निःशुल्क भएको सुवर्ण गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिव राज फुयाँलले जानकारी दिनुभयो ।

त्यसैगरी आईतवार गाउँपालिकाले पाँचवटा सामुदायिक विद्यालयका छात्राहरुको लागि चाहिने सेनेटरी प्याड विद्यालयलाई हस्तानतरण गरेको छ । आर्थिक वर्ष २०७७÷२०७८ मा कोरोनाका कारण बाढ्न नसकिएको प्याडहरु विद्यालयमा पठाइएको हो । कक्षा ६ देखिका छात्राहरुले प्रत्येक महिना महिला शिक्षिका मार्फत प्याड पाउने गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर