साजिर मन्सूर
कलैया,माघ १७
बारा जिल्लाको प्रसौनी बजारमा निःशुल्क दन्त, सामान्य चिकित्सा तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। ताज डेन्टल केयर अर्थोडोन्टिक्स सेन्टर एण्ड पोलिक्लिनिकको प्राविधिक सहयोग तथा प्रसौनी गाउँ पालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो।
शिविरमा सर्वसाधारणका लागि निःशुल्क दन्त जाँच, रक्तचाप तथा मधुमेह (सुगर) जाँच, साथै स्वास्थ्य तथा शल्यक्रिया सम्बन्धी परामर्श प्रदान गरिएको डा.कैश वारिस अन्सारीले जनाएका छन ।
डा. कैश का अनुसार शिबिरमा १२५ जना बिरामी लाभान्वित भएका छन । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको शिबिरले गाउपालिकाका जनता अत्यन्तै हर्षित भएर सेवा लिएका छन । स्वास्थ्य चौकी, प्रसौनी बारा मा एक कार्यक्रम बिच गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले शिबिरको उदघाटन गरेका थिए । अध्यक्ष जयस्वालले आगामी दिनमा पनि अन्य वडाहरुमा यो शिबिर आयोजना गर्ने बिषयमा डा. कैश सङ्ग समन्वय गर्ने बताएका छन ।
शिविरमा दन्त रोग विशेषज्ञ डा. खुस्तर ताज अखतरी नुरानी (BDS, MDS – Bangladesh) तथा वरिष्ठ जनरल तथा ल्यापारोस्कोपिक सर्जन डा.कैश वारिस असारी (MBBS – PAk, MS) ले सेवा प्रदान गरेका छन ।
सो अवसरमा स्वास्थ्य शाखा प्रमुख सुरेश साह,स्वास्थ्य चौकी प्रमुख राजेश साह,समाजसेवी सफिक अन्सारी सहित अन्य समाजसेवी भद्रभलादमी तथा स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो ।







