साजिर मन्सूर

कलैया,माघ २०

शिक्षा,समाजसेवा र चेतनाको उज्यालो दीप प्रज्वलन गर्ने महान व्यक्तित्व श्री राम चरित्र माध्यमिक विद्यालयको स्थापना गर्ने स्वर्गिय राम चरित्र प्रसाद जैसवारको ६३औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ भावपूर्ण रूपमा मनाइएको छ।

आदर्श कोत्वाल गाउपालिकाको चिवटाहा बिधालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। सहभागीहरूले उहाँको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक दिनेश प्रसाद साहले राम चरित्र प्रसाद जैसवारले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, विद्यालय स्थापनामार्फत ग्रामीण तथा पिछडिएको समुदायलाई शिक्षाको पहुँचमा ल्याएको ऐतिहासिक भूमिकाको स्मरण गरेका थिए। उहाँको दूरदर्शी सोच, निष्ठा र समाजप्रतिको समर्पण आज पनि प्रेरणाको स्रोत बनेको प्रअ साहको भनाइ थियो।

प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय ईकाई बाराका प्रमुख अशोक रौनियारले“त्यस्ता महान आत्मालाई इतिहासले कहिल्यै बिर्सने छैन,” भन्नेमा जोड दिंदै उहाँका आदर्श र मूल्यलाई नयाँ पुस्ताले आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए।

स्मृति सभामा उहाँको योगदानलाई सम्मान गर्दै शिक्षा र सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। सो अवसरमा बिद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

बिधालय का प्रअ दिनेश प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा बिकास तथा समन्वय ईकाई बाराका प्रमुख अशोक रौनियार,वडा नम्बर १ का अध्यक्ष सुनिल कुश्वाहा,५ का रुपेश नारायण सिंह,७ का जनक ठाकुर,८ का हरिनारायण कुह्वाहा,बिधालयका भुपु प्रअ हरिनाथ यादव,भुपु शिक्षक रामएकबाल तिवारी,जोगिन्द्र लाल कर्ण,रामचन्द्र कुश्वाहा,राजा खान लगायत शिक्षाप्रेमिहरुको समाजसेवी, विद्यालय परिवार, स्थानीय बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर