साजिर मन्सूर
जनकपुरधाम, माघ १९
शिक्षा अधिकारको सुनिश्चितता र सरोकारवालाहरूको जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले “शिक्षा अधिकार र जवाफदेहिता सम्बन्धी दुई दिने कार्यशाला” जनकपुरधाममा शुरु भएको छ। १९–२० माघ २०८२ मा आयोजना भएको यस दुईदिने कार्यशालामा शिक्षा क्षेत्रका विज्ञ, नागरिक समाजका प्रतिनिधि, युवा अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको रहेको छ ।
कार्यशाला Education Outlook, GPE, CSE (Civil Society Empowerment), Karkhana Samuha लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय संघ–संस्थाहरूको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका चुनौती, शिक्षा नीति कार्यान्वयनको अवस्था, स्थानीय तहको भूमिका, पारदर्शिता तथा जवाफदेहिता मजबुत बनाउने उपायबारे गहिरो छलफल गरिने कारखाना समूह मधेस प्रदेशका कार्यक्रम सम्योजक निरज मिश्रले जानकारी गराएका छन ।
कार्यशालाको उदघाटन गर्दै शिक्षा बिकास निर्देसनालय मधेस प्रदेशका प्रमुख महेन्द्र महतोले संविधानले प्रत्याभूत गरेको शिक्षा अधिकार व्यवहारमा कार्यान्वयन हुन अझै धेरै प्रयास आवश्यक रहेको उल्लेख गर्दै, नागरिक समाज र स्थानीय समुदायको सक्रिय निगरानी र सहकार्य अपरिहार्य रहेको बताए। कलैया उपमहानगरपालिका का प्रमुख प्रशास्क्किय अधिकृत रामबिनय सिंहले विद्यालय शिक्षा सुधार, बजेटको सही उपयोग, समावेशी शिक्षा र गुणस्तर अभिवृद्धिका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यशालाले शिक्षा अधिकारका सवालमा साझा आवाज निर्माण गर्न, सरोकारवालाबीच समन्वय बढाउन र आगामी दिनमा नीतिगत पैरवीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको मधेस सिकाई साझेदार संस्थाका तर्फबाट ग्रामीण उत्थान अभियान बाराका सम्योजक मुकदम अन्सारिले जनाएका छन्।
शिक्षाकर्मी अनुप सुबेदिले समाजिक न्यायको दृस्ठिकोणबाट शिक्षा सेवा बितरणका लागि शिक्षा वकालतको सन्दरभमा प्रस्ट पार्दै सम्बिधानले नै सबैलाई शिक्षा दिनुपर्ने उल्लेख गरेकाले त्यसलाई जवाफदेही बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन । सुबेदिले सबै नागरिकका लागि शिक्षा सम्बन्धि हक का बारे ब्यवस्था गरेकाले तोकिएको अधिकार प्राप्त गर्न हामी सके नसकेको बिषयमा खोज्नुपर्ने बताए ।
कार्यक्रमको उदेश्य बारे कारखाना समुहका कार्यक्रम ब्यवस्थापक मोहन बुर्जामगरले प्रकाश पारेका थिए । कार्यक्रममा ८५ जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको मिश्रले जनाएका छन ।







