शिल्पा कुश्वाहा
कलैया,माघ १९
बारा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी फाल्गुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा स्थानीय मतदाताबीच विकास, सुशासन र इमानदार नेतृत्वबारे गम्भीर बहस सुरु भएको छ। यही सन्दर्भमा नेपाली कांग्रेसका स्वच्छ छवि भएका, ईमानदार र अनुभवी नेता पुर्व मन्त्री फरमुल्लाह मन्सूरलाई मत दिन मतदाताहरूले साझा सल्लाह र अपिल गर्न थालेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार फरमुल्लाह मन्सूर राजनीतिक लाभभन्दा माथि उठेर जनताको दुःख–सुखमा साथ दिँदै आएका नेता हुन्। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता आधारभूत सवालमा निरन्तर आवाज उठाउँदै आएको उनको राजनीतिक यात्राले बारा–३ मा भरोसायोग्य नेतृत्वको पहिचान बनाएको छ।
मतदाताहरू भन्छन्, “देश र क्षेत्रलाई सही दिशामा लैजान स्वच्छ छवि, इमानदार चरित्र र अनुभव भएको प्रतिनिधि आवश्यक छ। फरमुल्लाह मन्सूरले कहिल्यै पनि भ्रष्टाचार, लोभ वा सत्ताको दुरुपयोगको बाटो रोजेनन्, यही नै उनको सबैभन्दा ठूलो शक्ति हो।”
कांग्रेसका स्थानीय अगुवा तथा नागरिक समाज बाराका प्रतिनिधिहरूले पनि बारा–३ को समग्र विकासका लागि अनुभवी नेतृत्व अपरिहार्य रहेको बताएका छन्। उनीहरूका अनुसार मन्सूरले जनतासँग प्रत्यक्ष संवाद गर्ने, समस्यालाई संसदसम्म पुर्याउने र समाधानका लागि निरन्तर पहल गर्ने क्षमताको प्रमाण दिइसकेका छन्।
यस क्षेत्रका बुद्धिजीवी र युवाहरूले समेत भावनामा होइन, विवेक र मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा, “क्षणिक नाराभन्दा स्थायी विकास चाहिन्छ, र त्यसका लागि फरमुल्लाह मन्सूरजस्तो इमानदार प्रतिनिधि आवश्यक छ।”
बारा–३ का मतदाताहरूले लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिँदै नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सूरलाई अमूल्य मत दिई विजयी गराउन सबैसँग आग्रह गरेका छन्।
चुनाव नजिकिदै जादा आज सम्म जातपातको राजनिती लाई बढावा नदिएका युवा जोश जागरले भरिएका मन्सूरको लोकप्रियता झन झन बढिरहेको बाराका विभिन्न भेगका राजनीतिक पन्डितहरुले भन्न थालेका छन । कलैया देखि उतरी भेग होस वा दक्षिणी भेग सबै तिरबाट सबै बर्गले मन्सूरको योगदानलाई उच्च प्रसंशा गर्दै उनलाई नै मतदान गर्ने सल्लाह सहित खुल्न थालेका छन ।
यता मन्सूरले आफुले आज सम्म जनताको सर्वोच्चता लाई सर्वोपरि राखेर राजनिती लाई जनताको सेवा गर्ने थलो बाहेक केही नबुझेको प्रतिक्रिया दिएका छन । बारा ३ का मतदाताको असल सेवक बनेर छेत्रको बिकास को जिम्मा आफुले लिएको भनेका छन । मन्सूरले नेपालमा गगन युग शुरु भएको भन्दै सारा नेपालिले गर्व गर्ने खालको परिवर्तन गरेर काङ्ग्रेस ले देखाउने बिश्वस्त पारेका छन ।







