साजिर मन्सूर

बारा,माघ २२

नेपाली समाजमा जरा गाडेको दाइजो प्रथाविरुद्ध सशक्त सन्देश दिँदै नेपाली काङ्ग्रेसकी प्रतिनिधि सभा सदस्य पदको समानुपातिक उम्मेदवार नेतृ प्रियंका दासले आफ्ना भाइको विवाह पूर्ण रूपमा दाइजोबिना सम्पन्न गराएकी छन्। उनको यो कदमलाई सामाजिक सुधारको दिशामा महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

सरल र मर्यादित वातावरणमा सम्पन्न विवाह समारोहमा दुवै परिवारले कुनै पनि प्रकारको लेनदेन नगरी समानता, सम्मान र पारिवारिक समझदारीलाई प्राथमिकता दिएका थिए। दासले विवाह केवल दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभई समाजलाई सही दिशातर्फ डोर्‍याउने अवसर पनि भएको बताइन्।

कृष्ण दासको बिवाह बागमती प्रदेश को राजधानी हेटौंडामा हिन्दु परम्परा अनुसार आज नन्दनी राज दास सङ्ग धुमधामले सम्पन्न भएको हो ।

पृयन्का दासले भनिन्, “दाइजो प्रथा सामाजिक विकृति हो। यसलाई अन्त्य गर्न हामी सबैले आफ्नै घरबाट परिवर्तन सुरु गर्नुपर्छ।”बिगत १३ बर्षदेखी बारामा समाज लाई सुसुचित गराउन बिश्वास एफएम सन्चालन गरेकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष समेत रहेकी उनले आफ्नो एक मात्र भाईको बिवाह दहेज बिना गर्ने आफ्नो सपना आज पूरा भएको बताईन ।

उनको यस पहलप्रति विभिन्न सामाजिक अभियन्ता, बुद्धिजीवी तथा युवाहरूले खुलेर प्रशंसा गरेका छन्। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले दाइजोमुक्त विवाहले नेपाली समाजमा सकारात्मक सन्देश फैलाउने र अन्य परिवारलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सम्बिधान सभा सदस्य तथा काङ्ग्रेस कि केन्द्रिय सदस्य मधु शाही ठकुरिले यस्तो कदमले महिला सम्मान, लैङ्गिक समानता र स्वस्थ सामाजिक मूल्य स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने बताईन ।

पछिल्ला वर्षहरूमा दाइजो प्रथाका कारण हुने हिंसा, आर्थिक बोझ र पारिवारिक विवादका घटना बढिरहेका बेला प्रियंका दासको यो निर्णयलाई परिवर्तनको सशक्त सुरुवातका रूपमा हेरिएको ठकुरिको भनाई छ। महिला सन्जाल बाराकी अध्यक्ष तथा महिला अधिकारकर्मी बबिता जयस्वालले यस्ता उदाहरणहरू बढ्दै गएमा दाइजो प्रथा क्रमशः अन्त्य हुने अपेक्षा गरेकि छन्।

दासको यस साहसी र उदाहरणीय कदमले “परिवर्तन सम्भव छ” भन्ने सन्देश पुनः एकपटक समाजमा स्थापित गरेको जयस्वालले भनिन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर