शिल्पा कुश्वाहा

कलैया,माघ २६

बाराको कलैया उपमहानगरपालिका–२६ अन्तर्गत सिस्वा महेशपुर क्षेत्रमा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार फर्मुल्लाह मन्सूरले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र जनसेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीय मतदाताले मन्सूरप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार सुधारका मुद्दामा स्पष्ट योजना आवश्यक रहेको बताएका छन। मन्सूरले विगतदेखि नै जनतासँग नजिक रहेर काम गरेको अनुभवका आधारमा आगामी दिनमा अझ प्रभावकारी ढङ्गले सेवा गर्ने प्रतिबद्धता जनाए।

घरदैलो अभियानमा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको काङ्ग्रेस नेता एवम वडा नम्बर २६ का सभापती शसिकान्त यादवले बताएका छन। कार्यक्रममा देखिएको उत्साहले यस क्षेत्रमा नेपाली काङ्ग्रेसप्रति जनविश्वास बलियो बन्दै गएको भागरित प्रसाद यादवले  बताएका छन्।

मन्सूरले लोकतन्त्रको सुदृढीकरण, पारदर्शी शासन र समावेशी विकासका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रुख छापमा मत दिन सबैसँग आग्रह गरेका छन्।

सो अवसरमा सम्बिधान सभा सदस्य लालबाबु सिंह,समानुपातिक उम्मेदवार प्रीयन्का दास र राजेन्द्र जयस्वाल,काङ्ग्रेस केन्द्रिय सदस्य रामानन्द प्रसाद यादव,पुर्व जिल्ला सचिव तेजनारायण साह,पुर्व क्षेत्रीय सभापति मुकेश कुश्वाहा,कलैया १ का पुर्व वडा अध्यक्ष हरिॐ सोनार,जिल्ला कमिटी सदस्य अफ्तर मन्सूर, स्थानिय काङ्ग्रेस नेताहरु दिनानाथ राउत,जयनारायण महतो,बिनोद पाल,दिलजान हवारी,श्रीभगवान राउत,राजेन्द्र मन्डल,प्रभु प्रसाद यादव,सुल्तान हवारी,रामानन्द राउत,आदिल अन्सारी ,नेबि संघ केन्द्रिय सदस्य राजकिशोर साह,राजकिशोर यादव लगायतका गरि सयौ जनाको सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर