भुवन यादव
बारा,माघ २८
प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवको विजय सुनिश्चित गर्न नेपाल मुस्लिम संघ, केन्द्रिय समितिले बारा क्षेत्र नं. २ मा चुनावी गतिविधिलाई तीव्र बनाउने उद्देश्यसहित जिम्मेवारी बाँडफाँट गरेको छ। सोही क्रममा क्षेत्रीय संयोजकको महत्वपूर्ण जिम्मेवारी युवा नेता इन्जाद अन्सारीलाई प्रदान गरिएको छ।
नेपाल मुस्लिम संघका पदाधिकारी तथा कार्यकर्ताहरूले अन्सारीलाई नयाँ जिम्मेवारी प्राप्त गरेकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा भैयाराम यादवको पक्षमा जनसमर्थन व्यापक रूपमा विस्तार गर्न अन्सारीको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।
संघका स्थानीय अगुवाहरूले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक सद्भाव र विकासमुखी नेतृत्वलाई सुदृढ बनाउन सबै समुदाय एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। भैयाराम यादवलाई विजयी गराउन घरदैलो, प्रचार–प्रसार तथा जनसम्पर्क अभियानलाई थप व्यवस्थित र सशक्त बनाइने पनि जनाइएको छ।
इन्जाद अन्सारीले आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै उम्मेदवार यादवको जितका लागि पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघका महासचिव प्रवेज आलम अन्सारीको हस्ताक्षर रहेको पत्रले तत्काल ९ सदस्यीय प्रचारप्रसार समिती गठन गरि केंद्रलाई जानकारी गराउन समेत उल्लेख गरेको छ ।







