भुवन यादव

बारा,माघ २९

 प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा बारा क्षेत्र नं. ३ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले मतदातालाई व्यक्तिगत रिस-राग थाती राखेर लोकतान्त्रिक मूल्य र विकासको पक्षमा काङ्ग्रेस लाई मतदान गर्न आग्रह गरेका छन्। यता

जनसम्पर्क समिति ओमान देशका सभापति युवा संजय कुमार शाहले मतदातालाई यसपालि “रुख छाप” मा बहुमूल्य मत दिएर नेपाली कांग्रेसलाई विजयी बनाउन अपिल गरेका छन्। उनले बारा जिल्ला विगतमा नेपाली कांग्रेसको गढका रूपमा परिचित रहेको स्मरण गराउँदै अझ बदलिएर सच्चिएर चुनावमा काङ्ग्रेस होमिएकाले त्यस गौरवलाई पुनःस्थापित गर्ने समय आएको बताए।

उनका अनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्व मन्त्री शालिन ईमान्दार फर्मुल्लाह मंसुर इमान्दार, अनुभवी र जनताको अपेक्षाअनुसार परिवर्तन ल्याउन सक्षम नेतृत्व भएकाले मतदाताले उनलाई समर्थन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । साहले यसपटक नेपाली कांग्रेस जनताले खोजेको जस्तो सकारात्मक रूपान्तरणको मार्गमा अघि बढेको विश्वास व्यक्त गर्दै फाल्गुन २१ गते सही निर्णय लिन मतदातासँग आग्रह गरेका छन।

निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नं. ३ मा दलहरूबीच चुनावी प्रतिस्पर्धा बढ्दो क्रममा रहेको छ भने मतदाताहरूको चासो पनि उल्लेखनीय रूपमा बढेको देखिएको छ। बारा ३ यसपटक अनुभवी योग्य ईमान्दार काङ्ग्रेस उम्मेदवार मन्सूर पाएर काङ्ग्रेसमय बन्दै गएको गाउगाउमा चर्चा बढ्न थालेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर