भुवन यादव
कलैया,फाल्गुन ८
कलैया उपमहानगरपालिका–१ स्थित राजदेबी मन्दिर नजिक मन्सूर मोबाइल रिपेयरिङ्ग एन्ड एसेसरिज संचालनमा आएको छ। दक्ष तथा अनुभवी मिस्त्रीबाट हरेक किसिमका मोबाइल मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले उक्त पसल सुरु गरिएको सन्चालक सरिफ मन्सूरले जनाए।
नव स्थापित मोबाइल मर्मत तथा एसेसरिज पसलको उद्घाटन कलैयका समाजसेवी अकबर मन्सूर तथा कलैया–३ का पूर्व वडा अध्यक्ष जलावदिन मन्सूर ले संयुक्त रूपमा रिबन काटेर गरेका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्व वडा अध्यक्ष मन्सूरले स्थानीय स्तरमै गुणस्तरीय मोबाइल मर्मत सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको बताए। उनीहरूले युवालाई स्वदेशमै उद्यमशील बन्न प्रोत्साहन गर्ने यस्ता व्यवसायले रोजगारी सिर्जना गर्न समेत टेवा पुग्ने धारणा व्यक्त गरे।
सञ्चालक पक्षले ग्राहकलाई छिटो, भरपर्दो र उचित मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। मोबाइल सफ्टवेयर तथा हार्डवेयर मर्मतका साथै विभिन्न मोबाइल एसेसरिज पनि उपलब्ध गराइने सन्चालकले जानकारी दिएका छन।
स्थानीयवासीले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गरेका छन्।







