साजिर मन्सूर

कलैया,चैत ४

बाराको प्रसौनि गाउपालिकाले प्रसौनि उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष तुलसी गुप्ता, वरिष्ठ उपाध्यक्ष युवराज सुवेदी, उपाध्यक्ष अमरकान्त झा, महासचिव राजेश कुशवाह, कोषाध्यक्ष अमित टिवडेवाल, सचिव सौरभ गुप्ता लगायत नवनिर्वाचित कार्यसमिति सदस्यलाई पालिकामा स्वागत सहित सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले बिश्वास एफएमलाई जनाएका छन ।

सो अवसरमा पालिका अध्यक्ष विनोद जयसवालले स्वागत गर्दै गम्छा,फुलको माला सहित सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन । उनले नवनिर्वाचित संघका पदाधिकारी सङ्ग समग्र प्रसौनिको आर्थिक गतिविधि चलायमान बनाउन उत्साही रहेको र यसले नया उधोग कलकारखाना स्थापनामा पहल भैइ रोजगारी सिर्जना हुनेमा बिश्वास ब्यक्त गरेका छन ।

सो अवसरमा गाउपालिका उपाध्यक्ष किरण देबि, लेखा प्रमुख प्रेमबाबु पटेल,युवा नेता प्रदिप साह लगायतकाको उपस्थिति थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर