शिल्पा कुश्वाहा
फेटा,चैत्र ५
ग्रामिण उत्थान अभियान संस्था द्वारा स्थापित निशुल्क कपडा बैंकको आयोजनामा फेटा गाउपालिकाको सहयोगमा फेटा बजारमा निशुल्क कपडा बैंक को उदघाटन भएको छ । गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गरेका छन ।गाउपालिकाका असहाय, विपन्न तथा गरिब समुदायलाई निशुल्क कपडा वितरण होस भन्ने उदेश्यले गरिएको यो कार्यक्रम महत्वपूर्ण हुने अध्यक्ष अन्सारीले बताएका छन ।
मुस्लिम समुदायको महान पर्व ईद पर्वको समयमा सडकमा आश्रित, मजदुर, वृद्ध–वृद्धा तथा आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी कपडा, पाइन्ट,सर्ट, साडि,तथा बालबालिकाका कपडा वितरण गरिने बैंकका संरक्षक साजिर मन्सूरले जनाएका छन।
आजै उदघाटन पश्चात् कार्यक्रममा बोल्दै निशुल्क कपडा बैंकका अध्यक्ष मोकद्दम अन्सारीले समाजमा रहेका सम्पन्न व्यक्तिहरूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडा सहयोग गरेमा गरिब तथा असहायका लागि ठूलो राहत हुने बताएका छन्। उनले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। उनले आज सम्म हामिलाई सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिए ।
कपडा वितरण कार्यक्रममा स्थानीय युवाहरू, स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कपडा पाएपछि लाभग्राहीहरूले आयोजकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले असहायहरुलाई ठूलो सहारा मिलेको बताएका छन्।
निशुल्क कपडा बैंकले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजका कमजोर वर्गको जीवन सहज बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उदघाटनको अवसरमा गाउपालिका उपाध्यक्ष निलम साह,बिश्वास एफएम कलैयाको अध्यक्ष तथा महिला समाजसेवी प्रीयन्का कुमारी दास,वडा नम्बर ३ का अध्यक्ष प्रह्लाद साह,समाजसेवी मनोज साह,ग्रामीण उत्थान अभियान को अध्यक्ष माधुरी गिरि,कोषाध्यक्ष नितु यादव,सदस्य रनिता शर्मा,समृद्द अभियान संस्थाको अध्यक्ष लिला चौधरी,स्वयंसेवकहरु प्रभाकर जयस्वाल,पृती शर्मा,अमृता कुशह्वाहा,प्रीती कलवार सहित सामुदायिक सुरक्षा जालोका सदस्यहरु सबिला खातुन,बबिता राम,राजकुमारी राम लगायतकाको उपस्थिति थियो ।







