बारा, कलैया चैत २०

 “स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानु परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारासहित कलैया उपमहानगरपालिकामा सुरक्षित आप्रवासन (SaMi) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मधेस प्रदेश सरकारको समन्वय तथा कलैया उपमहानगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि तथा मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाने क्रममा अपनाउनुपर्ने सावधानी, सही सूचना प्राप्त गर्ने माध्यम, ठगीबाट जोगिने उपाय तथा सुरक्षित आप्रवासनका विभिन्न पक्षबारे जानकारी गराइएको थियो। साथै सहभागीहरूलाई वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने विषयमा समेत जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सीप, सूचना र कानुनी प्रक्रियाको पूर्ण जानकारी लिएर मात्र जान आग्रह गर्दै सचेतनाले जोखिम न्यूनीकरणमा ठूलो भूमिका खेल्ने बताएका थिए।

उक्त कार्यक्रम SaMi (Safer Migration Programme) अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रम कलैया उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो।

कार्यक्रमको सहजीकरण सामी कार्यक्रमका सरोज सिंहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर