बिश्वास सम्बादाता

कलैया,बैशाख ९

 

कलैया उपमहानगरपालिका अन्तरगतका कर्मचारीहरुले कलैया बजारमा हिजो नगर प्रहरी माथी भएको दुव्र्यवहार को बिरुद्ध कडा रुपमा प्रेस बिज्ञप्ति निकालेका छन ।

 

बिज्ञप्ति जस्ताको त्यस्तै

बडा नं. १ स्थित तरकारी बजारमा नगर प्रहरी कर्मचारीहरूद्वारा बजार अनुगमन तथा प्रचलित कानूनको कार्यान्वयन गर्ने क्रममा सार्वजनिक सडक, फुटपाथ तथा बजार क्षेत्र अव्यवस्थित रूपमा अतिक्रमण गरी राखिएका तरकारी तथा अन्य सामग्रीहरू व्यवस्थापन गर्न खोज्दा केही व्यक्तिहरूद्वारा नगर प्रहरी माथि दुर्व्यवहार, गालीगलौज, धस्की, तथा ढुङ्गामुढा प्रहार तथा महिला नगर प्रहरीलाई धरपकड गरि कपडा च्याने र साथमा भएको मोबाईल खोसी फुटाल्ने कार्य गरी, आक्रमण गर्ने जस्ता गम्भीर आपराधिक क्रियाकलाप भएको घटनाप्रति यस बैठकको गम्भीर ध्यानाकर्षण भएको छ।

oplus_2

यति मात्र नभई, कानुन बमोजिम आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरी कर्मचारीलाई समेत सोही दिन जिल्ला प्रहरी कार्यालयमा करिब ४ घण्टा प्रहरी नियन्त्रणमा राखिएको कार्यसमेत निन्दनीय र खेदजनक देखिएको छ। यस प्रकारको व्यवहारले एकातर्फ दोषी व्यक्तिहरू उम्कने अवस्था सिर्जना हुनुका साथै अर्कोतर्फ कानून कार्यान्वयनमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूको मनोबल गिराउने कार्य भएको देखिएको छ।

oplus_2

यस प्रकारका अवाञ्छित तथा गैरकानुनी गतिविधिहरूले न केवल कानून कार्यान्वयन प्रक्रियामा बाधा पुऱ्याउने, तर सम्पूर्ण नगरपालिका क्षेत्रअधिकार भित्र का कार्यहरु कायम राखे कार्यमा समेत प्रतिकूल असर पार्ने देखिएको छ। साथै, यस किसिमको व्यवहारले नगर प्रहरी कर्मचारीहरूको मनोबलमा नकारात्मक प्रभाव पार्नुका साथै नगरपालिका अन्तर्गतका अन्य प्रशासनिक तथा विकासात्मक कार्यहरू समेत अवरुद्ध हुने अवस्था सिर्जना हुने भएकाले यसलाई अत्यन्त गम्भीर रूपमा लिइएको छ।

अतः, प्रचलित कानून बमोजिम नगर प्रहरी कर्मचारीहरूले निर्वाह गरिरहेको जिम्मेवारीप्रति अबरोध सिर्जना गर्ने, आक्रमण गर्ने तथा कानून हातमा लिने व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि कडा भन्दा कडा कानुनी कारबाही अगाडि बढाउन, दोषीलाई कुनै पनि हालतमा उम्कन नदिन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, तथा बजार क्षेत्रको सुव्यवस्था कायम राख्ख प्रभावकारी समन्वय र निगरानी बढाउन सम्बन्धित निकायसँग समन्वय गरी दोषीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बारा समक्ष जोडदार माग गर्दछौ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर