साजिर मन्सूर
कलैया,बैशाख ३०
बाराको कलैयामा निःशुल्क आँखा जाँच तथा अपरेशन शिविरको उप मेयर रौशन प्रविणले उदघाटन गरेकी छन ।भरत चौक स्थित देवकिलाल धर्मशालामा किरण आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा “सेभ लाइफ फाउण्डेशन” विश्रामपुर–१, बाराले गरेको शिविरको उप प्रमुख प्रविणले उदघाटन गर्दै यो शिबिरले धेरै गरिबको आखाको समस्या समाधान हुने बताईन ।
आज र भोलि र पर्सि तिन दिन सञ्चालन हुने आयोजक को नेहा गिरिले जनाईन। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा आँखा सम्बन्धी विभिन्न रोगको निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक बिरामीहरूको अपरेशनसमेत गरिने जनाइएको छ।
कार्यक्रमलाई कलैया उपमहानगरपालिकाले सहयोग गरेको छ। शिविरबाट आर्थिक अवस्था कमजोर भएका तथा नियमित उपचार गर्न नसकेका स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास गरिएको छ।
आयोजक संस्थाले आँखा सम्बन्धी समस्या भएका सम्पूर्ण सर्वसाधारणलाई शिविरमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।
शिबिरमा एक हजार बढिले सेवा लिने आयोजकले अपेक्षा गरेको छ। आखामा समस्या हुनेको निशुल्क अपरेसन गरिने गिरिले जनाएकी छन ।
उदघाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत रामबिनय सिंह,स्वास्थ शाखाका मनोज यादव,पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर,सहित स्थानिय जनताको बाक्लो उपस्थिति रहेको थियो ।







