बिश्वास डेस्क
कलैया, जेठ २४
शान्तिका लागि साझा अभियान (कोक्याप) द्वारा सञ्चालित “मानव अधिकारको रक्षा तथा महिला मानव अधिकार रक्षकको संरक्षण परियोजना” अन्तर्गत सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कलैयामा रहेको बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट को मुस्ताङ्ग हलमा आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत आर्थिक वर्षभरि सञ्चालन गरिएका गतिविधि, उपलब्धि, चुनौती तथा खर्च विवरण सार्वजनिक गरिएको साथ साथ सिकाई केन्द्र बारा अध्यक्ष सरस्वती खरेलले जनाईन ।सामाजिक परीक्षणमार्फत परियोजनाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारिताबारे सरोकारवालाहरूसँग छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले परियोजनाले मानव अधिकार संरक्षण, महिला अधिकार प्रवर्द्धन तथा समुदायस्तरमा सचेतना अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। सो अवसरमा कृष्ण प्रसाद यादवले समाजिक परिक्षणमा सन्स्थाले समग्र प्रदेशको बजेट र कार्यक्रम प्रस्तुत गर्नुभन्दा जिल्लामा कोक्यापले गरेको गतिविधि प्रस्तुत गर्न सुझाव दिएका दिए ।कलैया उपमहानगरपालिकाका समाजिक बिकास शाखाका तपसी चौरसियाले गतिविधि सङ्गै फोटो पनि प्रस्तुत गर्न सुझाव दिएका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा स्थानीय सरोकारवाला, नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
समाजिक परिक्षण को सहजीकरण गिता अधिकारीले गरेकी थिईन ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले मानव अधिकारको संरक्षण र महिला मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सशक्तीकरणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। स्थानिय सरकारका तर्फबाट तपसी चौर्सियाले छलफलमा परियोजना समापन हुँदै गर्दा स्थानिय सरकारले साथ साथ सिकाई सन्जालको दिगोपनाको लागि योजना माग गरेको छ । त्यस्तै सहभागिहरुले यो परियोजनाको निरन्तरता हुनुपर्ने माग गरेका छन ।
कार्यक्रममा स्वागत गर्दै को क्यापको पबित्रा कार्किले कोक्याप २३ जिल्लामा बिस्तार भएको सन्जाल भएको र २००२ देखि महिला हिंसा लगायतको बिषयमा काम गर्दै आएको बताईन । जोखिममा परेका मानव अधिकार कर्मिलाई लछित गरि कार्यक्रम ल्याईएको बताईन । कार्किका अनुसार कोक्याप मधेसको सबै जिल्लामा महिला मानव अधिकार रछकहरुको सन्जालले काम गरिरहेको छ ।
साथ साथ सिकाई सन्जालको बारा सचिव मिना गुप्ताले कार्यक्रमको सन्चालन गरेकी थिइन ।







