बिश्वास डेस्क
पर्सा, जेठ २६
महिला अधिकार, लैङ्गिक समानता तथा सामुदायिक सुरक्षाको सवाललाई स्थानीय तहसम्म प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यले पर्साको पकाहा मैनपुर गाउँपालिकामा सार्वजनिक सुनुवाइ तथा संवाद कार्यक्रम सम्पन्न भएको छ।
टेवा धापाखेल, ललितपुरको सहयोग तथा ग्रामीण उत्थान अभियान बाराको आयोजनामा सञ्चालित “सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण–२” कार्यक्रम अन्तर्गत आयोजित सुनुवाइमा महिला हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा, किशोरी सशक्तीकरण तथा स्थानीय तहको जवाफदेहितालगायत विषयमा खुला छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीय महिला, किशोरी, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले समुदायमा विद्यमान समस्या, चुनौती तथा सेवा प्रवाहसम्बन्धी गुनासा र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा राखिएका जिज्ञासा लाई सम्बोधन गर्दै गाउपालिका उपाध्यक्ष सर्फुन नेशाले महिलाको अर्थपूर्ण सहभागिता बिना समावेशी विकास सम्भव नहुने धारणा राख्दै निर्णय प्रक्रियामा महिलाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउदै आफ्नो गाउपालिकामा त्यो तर्फ आफुले ध्यान दिएको बताईन ।
नेशाले हिंसामा परेका महिला तथा बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउन आवस्यक ब्यवस्थापन मिलाएको जानकारी दिँदै किशोरीहरूलाई संगठित भएर आफ्नो अधिकारका विषयमा आवाज उठाउन आग्रह गरिन्। उनले आफुले किशोरीहरुका लागि सिलाई कटाई तालिम सन्चालन गरेको र आउने आवमा हातमा लगाउने चुरा बनाउने तालिम ल्याउने बताईन ।
यहाका कतिपय एकल महिला सुकुम्बासी रहेको र अहिले अत्यन्तै त्रासमा भएको भन्दै सबलाई ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी छन ।
वडा नम्बर ५ का वडा अध्यक्ष बलिराम प्रसाद चौरसियाले वडामा महिला लछित कार्यक्रम राख्न नसकेपनी अब बाट राख्ने प्रतिबद्धता जनाए । उनले चकुदार मार्फत गाउमा भेला गरेर योजना लिन खोजेपनी महिलाहरु उपस्थित नहुदा उनिहरुका लागि कार्यक्रम ल्याउन नसकेको बताए । आफुले बाल बिवाह रोक्न र दाइजो प्रथा अन्त्यगर्ने अभियान नै चलाईरहेको उनको कथन थियो ।
सबैठवा प्रहरी चौकिका ईन्चार्ज अमनोज प्रसाद यादवले समुदायमा हुने विभिन्न हिंसाजन्य घटनाको रोकथाम तथा प्रहरी सेवाबारे जानकारी गराएका थिए।
कार्यक्रममा कार्यपालिका सदस्य रमावती देबि,भुलन्ती देबि,वडा सचिव ताजेस्वर प्रसाद कुश्वाहा,महिला बालबालिका शाखा कि प्रमुख सुबिता देबि,समाजिक परिचालक बृजकिशोर बर्णवाल,उपाध्यक्ष को स्वकिय सचिव एवम समाजसेवी महमद नसरुल्लाह,आसमान नेपालकी पुजा जयस्वाल लगायत ८० भन्दा बढी सामुदायिक सुरक्षा जालोका सदस्य एवम स्थानिय महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट महिला अधिकार, सुरक्षा तथा स्थानीय सेवासम्बन्धी जानकारी प्राप्त भएको भन्दै आयोजक संस्था र सहयोगी पक्षप्रति आभार व्यक्त गरेका थिए।
सार्वजनिक सुनुवाइका क्रममा सकिना खातुन,रुबि चौरसिया,शोभा देबि,पुजा जयस्वाल,सुनैना देबि,रनिता कुमारी लगायतले विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए। ग्रामीण उत्थान अभियानका प्रभाकर जयसवालका अनुसार कार्यक्रमले स्थानीय स्तरमा महिला अधिकार, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए । सार्वजनिक सुनुवाई तथा सम्बाद कार्यक्रमलाई टेवा धापाखेल ललितपुर बाट आएकी राधिका परियारले अनुगमन गरेकी थिईन ।







