काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ ।

बुधबार प्रेस ब्रिफिङमार्फत मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गर्नुभएको छ ।

उनले प्रेस ब्रिफिङमा पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर अथवा अन्य समस्याका कारण भर्ना हुने क्रम बढ्दै गएको बताउनु भयो ।

सह-प्रब्क्ता अधोकारी ले भने , ‘‘अहिले कोभिड–१९ को दैनिक रुपमा सङ्क्रमण पुष्टि हुने सङ्ख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको सङ्ख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ । यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।’’

कोरोना महामारीविरुद्ध अभियान हाम्रो पुस्ताकै अभियान भएको हुनाले यसमा सबैको एक्यवद्धता र सहकार्यको आवश्यक रहेको सह-प्रबक्ता अधिकारी ले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर