
सम्पादकीय । विश्वका प्रमुख शहरहरुलाई व्यवस्थित गर्न सडकको भूमिका अपरिहार्य हुन्छ । जापान, अमेरिका, चीनजस्ता ठूलाँ एवम अन्य देशहरुले पनि सहरलाई सुरक्षित तथा सुविधा समपन्न बनाउन रिङ्गरोडको अवधारण ल्याउने गर्छन् । नेपालका प्रमुख शहर काठमाण्डौंमा चक्रपथ वा रिङ्गरोड २०३५ सालको हाराहारीमा बनेको हो ।
सो चक्रपथले ठूलो जनसंख्यालाई व्यवस्थापन गर्दै आएको छ । अहिले बाहिरी चक्रपथको पनि विस्तार कार्य थालनि भएको छ । चक्रपथमा सहायक सडकहरु जेडिनेछन् । चक्रपथ वरपर ठूँला अस्पताल, होटल, उद्योगहरु सञ्चालन हुन्छन् । नयाँ बनेका सहरहरु पनि मूल चक्रपथसँग जोडिने गर्छन् । गाउँगाउँका उत्पादनहरु शहर ल्याउन सहज हुनेछ । अझै कलैया डेरी जोनमा परेको र माछा पालनमा पनि धेरै कृषक आवद्व भएको हुनाले कृषिलाई मूल पेशा मान्ने कलैया उपमहानगरपालिकाले चक्रपथ बारेमा सोच्नु पर्ने बेला आएको छ ।
कलैया उपमहानगरपालिकाको जनसंख्या साथै क्षेत्र ठूँलो भएकोमा चक्रपथ निमार्ण कलैया क्षेत्रको विकासलाई अपरिहार्य देखिन्छ । ठूँलो योजना निश्चय नै समपन्न हुन समय लाग्ने हुनाले सुरुवातको थालनि गर्ने समय भइसकेको छ । यस्तो योजनालाई स्थनीय, प्रदेश वा केन्द्र होस् कसैले पनि सुरुवात गरे विश्वाश प्राप्त गर्ने र विना अवरोध सफल हुनेछ ।
अहिलेको कलैया क्षेत्रलाई हेर्दा उत्तरमा अवधापुर, दोहरी पूर्वमा रामपुर, बधवन दक्षिणमा बलिरामपुर, शितलपुर ककुरभुक्का, पश्चिममा सिसहनिया, गांगापुर र पुनः उत्तरमा बम्ह्रपुरी हनुमान मन्दिर जोडिने गरी रिङ्गरोडको क्षेत्र तोक्न सकिनेछ । यसरी यस रिङ्गरोडले बारा जिल्लाको कम्तिमा पाचँवटा स्थानीय तहलाई नजिक ल्याउन सक्छ । यस रिङ्गरोडको सुन्दर पक्ष भनेको कलैया आसपासका मैलिक गाउँहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न सकिनेछ । गढीमाई मन्दिर रिङ्गरोडबाट नजिक हुनेछ । साथै मटिअर्वा छोटी भन्सारको नजिकीकरणले बारा क्षेत्रको व्यापारी तथा सर्वसाधारणलाई व्यापारमा पनि लाभ पकै हुनेछ ।
अहिलेको आधुनिक परिवेशमा सडकलाई वातावरण मैत्री बनाउन आवश्यक छ । बढ्दो प्रदूषणले गर्दा रिङ्गरोडमा आजकाल साइकल लेन, ग्रीन बेल्टहरु पनि प्रयोग गर्न सकिन्छ । रिङ्गरोडको अवधारणा पकै पनि कलैया र बारा क्षेत्रको लागि एकदमै जरुरी र आवश्यक रहेको अहिलेको बढ्दो शहरीकरण र व्यापारीकरणले प्रष्ट पारेको छ ।