काठमाडौँ । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बस्दै छ ।कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो ।सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ ।
ट्वीटरमार्फत स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो भनेका छन् ।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु’, ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर