वीरगञ्ज । बाराको जितपुर सिमराका ५ पसललाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिमरा र नगर उद्योग वाणिज्य संघ सिमरासहितको टोलीले ५ पसललाई ८० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

खरिद बिल नदेखाउने बाराको सिमरा ३ स्थित विकास जेनरल स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै ३ हजार ८ सय ५५ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ नष्ट गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार दफा ३९ बमोजिम खरिद बिल नदेखाउने सिमरास्थित आर एन इन्टरप्राईजेजलाई २० हजार र निरीक्षण कार्यमा आवश्यक सहयोग नगर्ने सिमरा ६ स्थित ओम शिवशक्ति जेनरल स्टोर्सलाई पनि २० हजार जरिवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

उनका अनुसार खरिद बिल नदेखाउने जितपुर सिमरा वडा नम्बर १ स्थित भाई किराना स्टोर्सलाई १० हजार र सोही ठाउँको देवदास फेन्सी स्टोर्सलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै देवदास फेन्सी स्टोर्सबाट म्याद नाघेका २२ हजार ६ सय ७० रुपैयाँ बराबरको पेय पदार्थ समेत नष्ट गरिएको छ ।

जरिवानाको रकम एक साताभित्र बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता खत्वेले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर