काठमाडौ । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।

हिजो मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को सिफारिस मा कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ले अब हुने सम्पुर्ण परिक्षा स्थगित गर्न बोर्ड लाई निर्देशन दिएको थियो ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनु भयो ।परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो । 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर