कलैया । नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई राहत बितरण गरेको छ । उक्त पार्टी ले आज जिल्ला को सदरमुकाम कलैया स्थित देवकीलाल धर्मशालाको प्राङ्गण मा एक कार्यक्रम का बीच राहत स्वरुप खाद्यान्न बितरण गरेको हो ।

जिल्ला को विभिन्न ठाउँ का ४० जना लाई राहत बितरण गरिएको नेपाल परिवार दल बारा ले जनाएको छ ।राहत स्वरुप एक जना लाई चामल २५ केजी ,दाल २ केजी ,भटवास मास दाल २ केजी ,खाने तेल ४ पकिट , चिनी २ केजी ,मासाला १/२ केजी ,साबुन २ पिस बितरण गरिएको हो ।

उक्त कार्यक्रम को प्रमुख अतिथि पुर्व मन्त्री एवं नेपाल परिवार दल का केन्द्रिय अध्यक्ष एकनाथ ढकाल ,विशिष्ट अतिथि पार्टी प्रदेश २ संयोजक सन्तोष पौडेल को रहेको थियो ।त्यस्तै कार्यक्रम को अध्यक्षता पार्टी का जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको रहेको थियोे । कार्यक्रम पार्टी का विभिन्न पदाधिकारी , सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर