कलैया । बोलबम कावर संघको ५०औ बर्षगाठमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिकाको वडा नम्बर २ स्थित मुक्तेश्वर नाथ महादेव मन्दिर लङ्गडा मठ मा संघका कलैया गाउँ सिपाही रंजित यादवको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

सिदेस्वर नाथ मन्दिर प्राङ्गणमा सो सरसफाइ गरिएको हो । संघका अध्यक्ष कर्दम श्रेष्ठको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा संघ बाराका संघचालक निरज नेपाली, कार्यवाहक सरोज साह साथै दशमतिया देवि, उर्मिला देवि, रामनारायण मण्डल, राजाराम यादव, किशुन यादव, जयलाल सतलाल, मेहता राम, रम्भा देवि, सुनिल, जयराम ,श्री निवाश साथै गाउ बासीका साथै नगरपालिकाको सरसफाइकर्मिको सहभागीता रहेको नेपालीले जानकारी गराउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर