
कलैया । आँखा को क्षेत्रमा पछिल्लो समयमा प्रख्यात बन्दै गएको बिरगंज को किरण आँखा अस्पतालले कलैयामा आफ्नो शाखा खोलेदेखी विभिन्न खालका अफर ल्याईरहेको जनाएको छ ।
यस सङ्गै सो अस्पतालले बाराका शिक्षक, बिद्यार्थी ,मेडिकल स्टाफ तथा सन्चारकर्मीका लागि निशुल्क आँखा चेकजाच गर्ने किरण आखा अस्पतालको सन्चालक एवम प्रमुख डाक्टर अमर क्याल ले जानकारी गराएका छन । कयालले किरण आखा अस्पताल पछिल्लो समय सबै उमेर समुहका नागरिकको पहिलो रोजाई बन्दै गैरहेकोले हामिले समाजिक उतरदायीत्व बहन गर्ने उदेश्यका साथ नया कोशेली अन्तरगत अब हरेक दिन शिक्षक,बिद्यार्थी,मेडिकल स्टाफ तथा सन्चारकर्मीहरुको निशुल्क आखा चेक जाँच गर्ने बताउनुभयो ।
उनले यसरी उल्लेखित गरिएका समूह आउदा आ आफ्नो परिचय पत्र साथ लिएर आउन समेत आग्रह गरेका छन ।कलैया अस्पताल रोड पशु कार्यालय को छेउमा खुलेको आफ्नो शाखामा आएका सन्चारकर्मिहरु सङ्ग कुरा गर्दै क्यालले सो बताएका हुन ।
अहिलेको समयमा धुलो धुवा तथा अव्यवस्थित खानपिन सङ्गै बढ्दो मोबाईलको प्रयोगले विभिन्न खालका आँखा सम्बन्धि समस्या हुने गरेकोले र तिनको इलाजका लागि बाराली जनता पर्सा स्थित किरण आँखा अस्पताल सम्म धाउने गरेकोबाट आफुहरु वहाहरुलाई सहज रुपमा सेवा मिलोस भनेर बारा सदरमुकाम कलैयामै शाखा बिस्तार गर्ने निर्णय स्वरुप शाखा खोलेको अस्पतालकि उप प्रमुख एवम बरिस्ठ बाल आँखा रोग विशेषज्ञ बन्दना क्यालले बताईन । कलैया शाखामा सम्झना चौधरी,सुरन चौधरी,राजकुमार भण्डारी,सुमन सहनी,आरती चौधरी,रामबाबु चौरसिया र चन्दन सहनी लगायतकाले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
कलैयामा प्रमुख डाक्टर क्याल हरेक हप्ताको मंगलबार आएर सेवा दिइरहेको समेत अस्पतालले जनाएको छ । यसरी किरण आँखा अस्पतालले बाराका सबै सन्चारकर्मिको निशुल्क आँखा चेक गर्ने योजनाले आफ्नो मन असाध्यै हर्शित भएको नेपाल पत्रकार महा संघ बाराका अध्यक्ष रेशम तिवारिले बताउनुभयो ।
उता यो खबर सुनेर बिद्यार्थीको तर्फबाट अस्पताल लाई एन प्याबसन बाराका उपाध्यक्ष एवम बाल एकता बोर्डिङ स्कुलका सन्चालक सुमोध सरार्फले अस्पतालको प्रसंशा गर्दै यो खालका समाजिक उतरदायीत्व बहन प्रती धन्यवाद ब्यक्त गरे ।