कलैया । वीरगंज मा साउन ३१ देखि भौतिक उपस्थिति मै बिधालय संचालन हुने भएको छ ।
वीरगंज महानगरपालिका अन्तर्गतको शैक्षिक प्रशासन महाशाखा ले बुधबार एक सूचना जारी गर्दै साउन ३१ गते देखि कक्षा ८ देखि १२ सम्म को बिधालय भौतिक उपस्थिति मै पठनपाठन को अनुमति दिएको हो ।
महानगरपालिकाको शैक्षिक सरोकारवालाहरू को साउन २७ गतेको छलफलबाट महानगरपालिका भित्र हाल कोभिड -१९ को संक्रमण अत्यन्तै न्यून अवस्थामा रहेको ले आइतबार देखि पहिलो चरणमा कक्षा ८ देखि १२ को पठनपाठन भौतिक उपस्थितिमा “विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ ” बमोजिम स्वास्थयको मापदण्डलाई पालना गराई जनस्वास्थ्यको दृष्टिले सुरक्षित जंगले अभिभावकको स्वीकृति लिई भौतिक उपस्थितिमा विद्यालय सञ्चालन को अनुमति दिइएको महाशाखा का प्रमुख अरविन्द लाल कर्णले बताउनु भयो ।
यस भन्दा अघि पनि महानगरपालिका ले असार १५ गते देखि बिधालय संचालन को अनुमति दिए पनि जिल्ला संकट ब्यवस्थापन केन्द्र को बैठक ले जोखिम कायम रहेको भन्दै भौतिक उपस्थितिमा बिधालय संचालन गर्न दिएको थिएन ।