राजेन्द्र सिंह ,पर्सा । वीरगञ्जमा मास्क वितरण अभियान प्रभावकारी बन्दै गएको छ । कोरोनाको प्रकोप सामान्य देखिएको वीरगञ्ज आसपासको क्षेत्रमा स्थानीले मास्क लगाउनमा कमि गरेकोले नेपाल रेडक्रस सोसाईटीद्धारा विभिन्न स्थानमा निशुल्क मास्क वितरण गरिएको अभियान निकै प्रभावकारी हुदै गएको छ ।

प्रत्येक दिन वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, राधेमाई र छपकैया क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीद्धारा मास्क वितरण हुने गरेको छ । यहि साउन २९ गते सम्म थप स्थान जस्तै पोखरीया, अमरपटी, बिरुवा गुठी लगायत रेडक्रसका उपशाखाहरुद्धारा पनि मास्क वितरण हुने नेपाल रेडक्रस सोसाईटीका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

केहि स्थानहरुमा भने कतिपय अभियानता र समाज सेवीहरुले पनि सोहि प्रकारको अभियानमा साथ दिने गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर