सप्तरी । सप्तरी मा पोखरी मा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका २ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेका छन् । स्थानीय तेजनारायण चौधरीको पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर