महोत्तरी । महोत्तरी मा कारले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

आइतबार राति ८ बजेको समयमा बर्दिबासबाट गौशाला आउँदै गरेको बा ६ च ४६१७ नम्बरको कार गौशाला नगरपालिका – १ सशस्त्र प्रशरी वेशक्याम्प नजिक ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुने मा गौशाला नगरपालिका १ बस्ने ५० वर्षीय रामपुकार महतो रहेका छन् ।कारले घर नजिकै ठक्कर दिएको इलाका प्रहरी कार्यालय गौशाालाले जनाएको छ ।महतोको घटनास्थलमै मृत्यु भएपछी स्थानीय बासीले कारमा आगजनी गरेका छन् ।

कार चालक गौशाला नगरपालिका १० बस्ने २१ वर्षीय सुदिप मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर