अजमल अन्सारी,सुनसरी। सुनसरीको बर्जु गाउँपालिकामा नेकपा एमाले बर्जु गाउँकमिटीले बर्जु गाउँपालिका वडा नम्बर ६ मा वडा भेला तथा वडा कमिटी घाेषणा कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार बर्जु गाउँकमिटीले कार्यक्रमको आयोजना गरेर सो कार्यक्रम सम्पन्न गरेको छ। वडा नं ६ को वडाकमिटीका अध्यक्षमा राजेश चाैधरीको नेतृत्वमा २९ सदस्यको कमिटी गठन गरिएको छ । यसअघिपनि वडा नं ५ को वडाकमिटीको अध्यक्षमा अशिचन्द चाैधरीको नेतृत्वमा २९ जना सदस्यीयको कमिटी गठन गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य,पूर्व राज्यमन्त्री तथा सुनसरी जिल्ला ईन्चार्ज भगवती चौधरीले मुलुकको राष्ट्रियताको रक्षा र आर्थिक विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउदै आगामी निर्वाचनमा एमालेले पार्टी अध्यक्ष केपी ओली भावी प्रधानमन्त्री घोषणा गरेर उत्साहका साथ निर्वाचनमा जाने स्थानीय तहहुदै प्रदेश र केन्द्रमा एमालेकै नेतृत्वमा सरकार गठन गर्ने भएकाले एमालेलाई सहयोग गर्न आग्रह गरेकि थिइन् । मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि नेकपा एमालेको अरु कुनै अर्को दोस्रो विकल्प नभएको दावी गरेकी छिन् । देशको आर्थिक विकास र सामाजिक रुपान्तरणको एजेण्डा सहित राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एमालेको आवश्यक रहेको बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपा एमालेका प्रदेश सदस्य बालेश्वर चाैधरीले जनताको काम गर्ने र देशलाई कठिन परिस्थीतीमा पनि बचाउने पार्टि एमाले नै हो, एमालेमा जनताको लहर देखेर अरु पार्टिहरु अत्तालिएका छन् ।’ छटपटिएका अरु दलहरुले एमाले विरुद्धका गतीविधिहरु बढाइरहेको भन्दै चाैधरीले सजग भएर सबैको हित हुने काममा लागी पर्न एमालेका कार्यकर्ताहरुलाइ अनुरोध गरेको बताउनुभयो।
बर्जु गाउँकमिटीका अध्यक्ष दिलकुमार गुरुङले गाउँ, समाज र देश बनाउन सक्ने पार्टि भनेकै नेकपा एमाले भएको बताउँदै एकजुट भएर लाग्न आम कार्यकर्तालाइ अनुरोध गरेको बताउनुभयो।
बर्जु गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बिनोद कुमार चौधरी ,अनेरास्ववियु जिल्ला सदस्य तथा बर्जू गाउँपालिका संयोजक ई सद्दाम अन्सारी लगायतका नेताले देश र जनताको भलाईका लागि एमालेको नेतृत्वमा बहुमत सहितको सरकार आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य,पूर्व राज्यमन्त्री तथा सुनसरी जिल्ला ईन्चार्ज भगवती चौधरी, प्रदेश कमिटी सदस्य बालेसर चौधरी , वडा अध्यक्ष बिनोद कुमार चाैधरी, विद्यार्थी तथा युवा नेता इन्जिनियर सद्दाम अन्सारी लगायत नेताहरुको उपस्थिति रहेको इन्जिनियर अन्सारीले जानकारी दिनुभयो।