कलैया । बारा मा सवारी दुर्घटना मा परि मोटरसाइकल चालक को मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे जिल्ला को परवानीपुर गाउँपालिका वडा नं.४ सुन्दर स्टील प्रा.लि. अगाडी पथलैया बिरगंज सड्क खण्डमा बिरगंज बाट परवानीपुर तर्फ जादै गरेको ना.४च.३४३२ नम्बरको पिकअप र बिपरित गाडील परवानीपुर बाट बिरगंज जादै गरेको ना.२१ प.१८३१ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदाँ मोटरसाइकल मा सवार तीन जना घाइते भएका हुन ।

तीन जना घाइते मध्ये मोटरसाइकल चालक वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा टोल बस्ने ३८ वर्षीय राजेश राम को मृत्यु भएको हो । उनको उपचारको क्रममा नारायणी बयोधा अस्पताल गण्डकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

मोटरसाइकल मा सवार राजेश राम को छोरी १९ वर्षीय ममता कुमारी र १३ वर्षीय मुसकान कुमारी घाइते भएका छन् । ऊनीहरु दुबै जनाको दाहिने खुट्टा भाचिएको र उपचार नारायणी बयोधा अस्पताल गण्डकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पिकप र मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय प्रसौनीमा नियन्त्रणमा लिएर राखेको छ भने पिकाप चालक फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको प्रब्क्ता मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर