
कलैया । कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले बुधबार एकै दिन सामुदायिक बिधालय र कम्प्युटर ल्याबको उद्घाटन गर्नु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुर बेलवाडी स्थित श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालयको एक कार्यक्रमको बीच भवन उद्घाटन भएको हो ।
उक्त बिधालय को भवन नगर स्तरीय योजना बाट २६ लाखमा निर्माण भएको कलैया उपमहानगरपालिका ले जनाएको छ ।सोही बिधालयमा कम्युटर ल्याब को पनि नगर प्रमुख यादव ले उद्घाटन गर्नु भएको हो । ६ वटा कम्प्युटर सहित ५ लाखमा उक्त कम्प्युटर ल्याब निर्माण भएको छ । बिधालय ब्यस्थापन समितिका अध्यक्ष दशरथ राम को सभापतिमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव र बिशिस्ट अतिथी वडा नम्बर २४ का वडा अध्यक्ष हरिलाल चौधरीको रहेकोे थियो ।
उद्घाटन कार्यक्रम मा बोल्दै नगर प्रमुख यादवले आगामी दिनमा पनि समुदायमा शिक्षा लिने बालबालिकाहरुको लागि खेलकुदको सामग्री पनि उपलब्ध गराउने बताउनु भयो । उनले गाउँका बालबालिका लाई पनि डिजिटल युग को परिभाष होस र कम्प्युटर चलाउन पाउन भन्ने उद्देश ले कम्प्युटर ल्याब सन्चालन मा ल्याइएको बताउनु भयो ।
कार्यक्रम मा शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत बिजय अधिकारी, नगर शिक्षा समितिका सदस्य राजकिशोर सहनी , बिधालयका प्रधानध्यापक मिना चौधरी सहित स्थानीयको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य हृदय नारायण चौधरीले गरेका थिए ।