अजमल अन्सारी,सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित पहिलो राष्ट्रिय दैनिक पत्रीका नाराका साथ सुनसरीमा थप एकदैनिक पत्रिकाको सुरुवात भएको छ । मंगलवार सुनसरीमा हरिनगर गाउँपालिकाको भुटाहा स्थित कैस सना भवनमा एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस सुनसरी जिल्लाका सभापति तथा प्रदेश न०१ का प्रमुख प्रतिपक्षि दलका नेता राजीव कोइराला,प्रदेश नम्बर १ का प्रदेश सभासदस्य ताहिर अन्सारी र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा सुरसेर दैनिक पत्रिकाको विमोचन गरी सुरुवात गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुनसरी जिल्लाका सभापति तथा प्रदेश न०१ का प्रमुख प्रतिपक्षि दलका नेता राजीव कोइरालाले सुरसेर दैनिक पत्रीकाको बिमोचन गर्दै सूचना र संचार क्षेत्रमा यस पत्रीकाले महत्वपूर्ण योगदान गर्ने, संचारको विकासका लागि सुरसेर दैनिकले योगदान गर्ने, आबाज विहिनको आबाज बन्ने विशवास व्यक्त गर्नु भएको थियो । नेता कोइरालाले पत्रकारीतालाई व्यवसायिक बनाउन आवश्यक रहेको, समाचारप्रतिको ग्रामिण क्षेत्रका जनतालाई विश्वास दिलाउने प्रयास गर्नुपर्नेमा जोड दिदै सुनसरीको ग्रामिण क्षेत्रको पत्रकारीता विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए। सुनसरीको हरिनगर गाउँपालिकाबाट प्रकाशित पहिलो राष्ट्रिय दैनिक सुरसेर पत्रीकाको सफलताको शुभकामना दिदै निरन्तरताका लागि आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनि गर्नु भएको थियो ।

कार्यक्रमका विशिस्ट अतिथि प्रदेश नम्बर १ का प्रदेश सभासद हाजी ताहिर अन्सारीले सञ्चारमाध्यामको विकास हुनु यस क्षेत्रको सौभाग्य भएको बताउदै पत्रीकाको निरन्तताको शुभकामना दिनु भएको थियो।

कार्यक्रमका विशिस्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सुरसेर दैनिक पत्रीकाको बिमोचन गर्दै विकास पत्रकारीतामा कलम चलाउन पत्रकारलाई आग्रह गर्नु भएको छ । पत्रकार राज्यको चौथो अगं भएकाले जनप्रतिनिधिहरुलाई खबरदारी गर्ने र विकास निमार्णमा भइरहेका गतिबिधिलाई बाहिर ल्याएर सामाजिक विकासका लागि सबै लाग्नु पर्नेमा जोडदिनु भएको थियो । हरिनगर लगायत सुनसरीमा सञ्चारको विकासमा ढिलै भएपनि एक ईट्टा थपिएकोमा आफुखुसि भएको बताउदै प्रतिशोधका लागि नभई खबरदारी र विकासका क्षेत्रमा पत्रकारको कलम चलाउनु पर्नेमा जोडदिनु भएको थियो, र भरखरै प्रकाशनमा ल्याएको सुरसेर दैनिकको सफलताको शुभकामना दिदै निरन्तरताका लागि आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनि गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य तथा सुनसरीका पुर्व अध्यक्ष समेत रहेका अमर खडकाले पत्रकारको प्रतिभाको संरक्षण र सम्वर्द्धन गर्न र उनीहरुमा समर्पणको भावना जागृत गराई समाज परिवर्तनका निम्ती सुरुवात गरिएको पत्रिकाको उत्तर उत्तर प्रगतीको कामना गर्दैै सुनसरी जिल्ला पछिल्लो समय पत्रकारीताको हब भएको बताउनु भएकाे थियाे ।

पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक समेत रहेको ताविल अन्सारीले नयाँ आएको मिडियालाई पुराना मिडियाले साथ र सहयाेग गरिदिन धैरै आवश्यक रहेकाे बताउनुभयो।

पत्रीकाका कार्यकारी सम्पादक टाेमराज मेहताले यस क्षेत्रमा एकनयाँ आयाम थप्ने उद्देश्यका साथ पत्रीका प्रकाशनमा ल्याएको बताउनु भयो । राजनितिक आरोप प्रत्यारोपमा चलिरहेको पत्रकारीतालाई यस पत्रीकाले विकास पत्रकारीतालाई प्रोतसाहान गर्ने उद्देश्यका साथ अगाडि बढ्ने बताउनुभयो ।

भुटाहा स्थित रहेको कैस सना भवनमा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरीका सचिव केदार भणडारी, पत्रिकाका सह- सम्पादक नसिम अन्सारी, सम्पादक नइम अन्सारी,पत्रीकाका सल्लाहकार इसराइल मन्सुरी, सुशील कुमार ठाकुर धर्मेन्द्र कुमार विश्वास, कानुनी सल्लाहकार कृष्ण दाहाल, नेपाली काङ्ग्रेस हरिनगरका सभापति शिवहरि श्रेष्ठ, निर्वाचन क्षेत्र न-४ ख का सभापति हारुन अन्सारी, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रमोद यादव, पत्रकार बिरेन्द्र केएम, गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्षहरु, जसपा हरिनगरका अध्यक्ष धर्मवीर आर्य, हरिनगर माविका प्रधानाध्याक बलराम यादव, नेपाली कांग्रेस कोसी गाउँपालिकाका सभापति सुलेमान मंसुरी,समाजसेवी सेराज फलाही लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

हरिनगरकाे आफ्नै गाउँठाउँबाट पत्रीका प्रकाशन भएपछि स्थानीयबासी, स्थानीय बुद्धिजिवी,व्यापारी विभिन्न संघसंस्था र विभिन्न निकायका व्यक्तिहरु खुसी बनेका छन् । यस पत्रीकाले हरिनगर लगायत आसपासकाे सञ्चारलाई उजागर गर्ने आशा राखिएको स्थानीयहरुले बताउनुभयो । सुरसेर दैनिक पत्रीकाका प्रकाशक तथा प्रधानसम्पादक ताविल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन पत्रीकाका सह-सम्पादक नसिम अन्सारीले गर्नु भएको थियो। कार्यक्रममा पत्रकार जयकृष्ण यादव, अजमल अन्सारी, निरज यादव, जुगेश दास, गणेश यादव, दीपेन्द्र यादव स्थानीय बुद्धिजिवीहरु लगायत १५० जना भन्दा बढीको उपस्थिति रहेको थियोे।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर